राष्ट्रियसभा सम्बन्धि अध्ययादेशमा सकेसम्म सहमति खोज्न राष्ट्रपति भण्डारीको दलहरुलाई आग्रह

 बिहिबार, पुस ६, २०७४ | onlinenews

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिएकी छन् ।
बुधबार बिहान एमाले, माओवादीका शिर्ष नेताहरुसंग शितल निवासमा भेटेर उहाँले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरिन । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गरेकी थिइन ।
राष्ट्रियसभा सम्बन्धि अध्यादेशमा सकेसम्म सहमति गरेर आउँन राष्ट्रपति भण्डारीले दलहरुलाई आग्रह गरेकी छन् । भेटपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्बन्धमा कुराकाननी भएको र राष्ट्रपतिले चुनाब सम्पन्न गराउन सफल भएकोमा बधाई दिएको जानकारी दिए ।
राष्ट्रपति भण्डारीले अगामी दिनमा पनि राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गरिन । भेटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता श्रेष्ठ सहभागी थिए ।

प्रतिकृया

Add