हजारौं जनतासँगै वीरगञ्जका चर्चित उद्योगपतिहरु फोरममा प्रवेश

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

चैत्र ७, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको एउटा ठूलो समूह प्रवेश गरेको छ । उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा आमजनता फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम नेपाल पर्साले आइतबार पर्साको पोखरियामा आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा विशाल आमसभामा उद्योगपति, व्यापारी र आम जनताको ठूलो समूह प्रवेश गरेको हो । नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा फोरम नेपाल प्रवेश गरेका छन् । वीरगञ्जस्थित पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगी फोरम नेपाल प्रवेश गरेका छन् । तराई मधेश प्रदेशका अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादवले पनि फोरम नेपालसँग जोडिएका छन् ।

प्रतिकृया

Add