बोलेरो त्रिशुलीमा खस्यो चालकको मृत्यु

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत्र ९, चितवन । चितवनको कुरिनघाट नजिकै बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरोलाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
ट्रकले ठक्कर दिंदा जिप त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षिय किरण तामाङको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
कुखुरा बोकेर आएको बोलेरोलाई ट्रकले ठक्कर दिँदा सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाका घाइते तनहुँ दमौलीका २० वर्षिय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षिय सुरज पोखरेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फरार रहेको ट्रक र चालकको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिकृया

Add