मोरङको दुई दुुर्घटनामा पाँचको मृत्यु २२ भाइते

 बिहिबार, चैत्र १०, २०७३ | onlinenews

 चैत १०, मोरङ– पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ । बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ ।
यस्तै बस अनियन्त्रित भएर रुखमा ठोक्किदा बसमा रहेका दुई जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको मोरङ र सुनसरीको अस्पतालमा उपचार भइरहेको छ भने ज्यान गुमाउनेको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
यस्तै मोरङ पथरी कानेपोखरी सडकखण्डमा नै बुधबार राति १० बजे बा ४० प १२९ नम्बरको मोटरसाइकल पल्टिदा एक जनाको ज्यान गएको छ । घाइते एक जनाको मोरङ  पथरीमा उपचार भइरहेको छ ।

प्रतिकृया

Add