सबै टेलिभिजनमा सेट(टप बक्स अनिवार्य, डिजिटलाइजेशन नभए बैशाख १५ देखि टीभी नचल्ने

 बिहिबार, चैत्र १०, २०७३ | onlinenews

 चैत १०, काठमाडौं ।  तपाईं घरमा केबल टेलिभिजन हेर्नुहुन्छ रु यदि आगामी वैशाख १५ सम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज्ड गर्नुभएन भने सेवा नै बन्द हुनेछ ।
बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन ।
यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैन । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए ।
यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भएसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा भने काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

कसरी गर्ने डिजिटलाइज

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट(टप बक्स लगाउनुपर्नेछ ।

तर, अब सेट(टप बक्सको सेवा शुल्क भने फरक(फरक लाग्नेछ । यो सेट(टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।

केबल टीभी अपरेटरले भने आफ्नो हेड(इन ९कन्ट्रोल रुम० मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प रहनेछन् ।

पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।
अहिले धेरै केबल अपरेटरहरु साना लगानीकर्ता भएका कारण हेड(इनलाई डिजिटलाइज्ड गर्न गाह्रो हुने भएकाले मल्टी सर्भिस अपरेरटरसँग सहकार्यको विकल्प उनीहरुसँग छ ।

मल्टी सर्भिस अपरेटरसँग फे्रन्चाइज गरेर उनीहरुले डिजिटल टिभीको सेवा जारी राख्न सक्छन् । ग्राहकले केबल हटाएर सीधै एमएसओ वा डिसहोमको डिटिएचको सेवा पनि लिन सक्नेछन् ।
यसैमार्फत सबै टेलिभिजनमा सेट(टप बक्स जोडिनेछ । यसका लागि सेवा प्रदायकले विभिन्न बिजनेश मोडेल ल्याएका छन् ।
अहिलेसम्म १० वटाले एमएसओ लाइसेन्स लिएका छन् भने डीस होम डीटीएच प्रविधिमा सञ्चालनमा छ ।

अहिलेसम्म यसैगरी १० लाख टेलिभिजन सेटमा सेट(टप बक्स लगाइसकिएको दाबी टेलिभिजन अपरेटरले गरेको सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले बताए ।

अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट(टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट(टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।

बढ्नेछ राजश्व

सरकारले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन ९आइटीयू०ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको हो । अब परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउनेछन् ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्णरूपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

यसको कार्यान्वयन थालेसँगै अब परम्परागत प्रविधिको टेलिभिजन विस्थापित हुने क्रममा छ । अब केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुनेछ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटिएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुने इञ्जिनियर भुजेलले बताए ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने इन्जिनियर भुजेलले बताए ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।
अब भने वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।

टेलिभिजन हुनेछ गुणस्तरीय

यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर(पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन । किनभने डिजिटल टेलिभिजन सेवा दिन बजारमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

यसले केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरेकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ ।

त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट(टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् ।

अब नेपाल भित्रिने सबै सेट(टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट(टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ ।

अहिलेको केबल टेलिभिजनमा सेट(टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् ।

एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् । नेपालले यसका लागि बल्ल काम थालेको छ ।

डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ ।

टेलिभिजन सिग्नल डिजिटल भएपछि आफूलाई मन परेको प्याकेज लिएर हेर्न पाइने भएकाले ग्राहकलाई धेरै फाइदा हुने डीसहोमका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

‘अहिले केबल टेलिभिजनले जुन प्याकेज दिए त्यसैमा एड्जष्ट हुनुपर्ने अवस्था डिजिटलमा हुने छैन । तर, अब भने ग्राहकले आफूलाई चाहिएको च्यानल मात्रै रोजेर हेर्न सक्ने अवस्था बन्नेछ,’ उनले भने, ‘ग्राहकले २९२ रुपैयाँदेखि च्यानलअनुसार त्योभन्दा बढी शुल्कका प्याकेज छानी(छानी उपयोग गर्न पाउनेछन् ।’

अहिले नेपालमा मल्टी सर्भिस अपरेटरको लाइसेन्स लिएका विभिन्न १० सेवा प्रदायकले डिजिटलको टीभी सेवा दिइरहेका छन् । डीटीएच प्रविधिको डिसहोमले पनि आफ्नो गुणस्तरीय डिजिटल सेवालाई ग्रामीण दूरदराजको भेगसम्म पुर्‍याइरहेको छ ।

सिम्पल मिडिया नेटवर्कको सीम टीभी, सुविसु केवल नेटवर्कको क्लियर टीभी लगायतका कम्पनीले डिजिटल प्रविधिको टीभी प्रसारण गरिरहेका छन् ।

अब केबल अपरेटरले यिनै कम्पनीहरुसँग डिजिटल सिग्नल लिएर पनि ग्राहकसम्म डिजिटल टीभी सेवा दिन सक्नेछन् । ग्राहकले डीटीएच प्रविधि पनि अब रोज्न सक्नेछन् ।

तर, केबल टेलिभिजनलाई अब डिजिटल नगरी सेवा प्रदायक र ग्राहकलाई सुख भने हुने छैन । किनभने सरकारले अब डिजिटलमा नजाने केबल अपरेटरको लाइसेन्स खारेज गरेर सेवा नै बन्द गर्नेछ ।

प्रतिकृया

Add