माओवादी केन्द्रले घोषणा ग¥यो, मन्थली नगरपालिका–१ अध्यक्षको उम्मेदवार

 शनिबार, चैत्र १२, २०७३ | onlinenews

चैत्र १२, रामेछाप । आगामी वैशख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ ।
सदरमुकाम मन्थलीस्थित पार्टीप्यालेसमा आयोजीत माओवादीको वडा भेलाले तहको निर्वाचनको लागि मन्थली नगरपालिका वडा नं. १ को अध्यक्ष पदको लागि नारायणदाश श्रेष्ठको उम्मेदवारी घोषणा गरेको छ ।
श्रेष्ठको उम्मेदारी घोषणासँगै आगामी वैशाख ३१ गते हुँने स्थानीय तहको निर्वाचनको लागि उम्मेदावार घोषणा गर्ने रामेछापमा माओवादी केन्द्र पहिलो पार्टी बनेको छ ।
स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लामा अहिलेसम्म कुनै पार्टीले पनि उम्मेदवारी घोषणा गरेका थिएनन् । उम्मेदवारी घोषणासँगै माओवादी केन्द्रले मन्थलीमा ¥याली समेत निकालेको थियो ।

प्रतिकृया

Add