स्थानीय तहको कार्यकारी अधिकृतको लागि ३ दिने अभिमुखीकरण तालिम सञ्चालन गरिने

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

चैत्र १३ रामेछाप । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ । तालिम चैत १५ गतेबाट सुरु भएर चैतको १७ गतेसम्म चल्नेछ । तालिम सात वटै प्रदेशम सञ्चालन हुने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
देशभरका स्थानीय तहबाट प्रवाह हुने सेवालामा एकरुपता कायम गराउन र स्थानीय तहको काम कारबाहीमा समानता ल्याउन अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तह नयाँ अवधारणा भएकाले त्यसको अभ्यास गर्दा दुविधा हुन सक्ने र सेवा प्रभावमा विविधता आइ अप्ठेरो अवस्था आउन सक्ने भएकाले मन्त्रालयले यस्तो अभियान चलाउन लागेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनले भने, संसदको विकास समितिको निर्देशन र प्रमुख कार्यकारीहरुमा देखिएको केही दुविधाका कारण पनि अभिमुखिकरण तालिम आवश्यक देखियो ।’ मन्त्रालयले देशभरका ७ सय ४४ अधिकृतलाई प्रदेश अनुसार सात समूहमा विभाजन गरेको छ । त्यसअनुसार पूर्वका १५ जिल्ला अन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतलाई बिराटनगरमा तालिम दिइनेछ ।
यस्तै सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाअन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई महोत्तरीको बर्दिवासमा तालिम दिने व्यवस्था मिलाएको छ ।
यस्तै दोलखादेखि चितवनसम्मका १३ वटा जिल्ला अन्तरगतका स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई भत्तपुर नगरकोटमा तालिमको व्यवस्था मिलाइएको छ ।
पोखरामा गोरखा देखि मुस्ताङ(पर्वतसम्मका १० जिल्लाहरुलाई समेटिएको छ । नेपालगञ्जमा १२ जिल्ला, धनगढीमा ९ जिल्ला र विरेन्द्रनगरमा ९ जिल्ला अअन्तर्गतका स्थानीय तहका कार्यकारी अधिकृतलाई तालिम दिने व्यवस्था मिलाएको छ ।

प्रतिकृया

Add