आज प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिबीच भेट हुने

 सोमवार, चैत्र १४, २०७३ | onlinenews

साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्ट्रपतिसँग् भेटवार्ता गर्दै हुनुहुन्छ । आज प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । १५ मिनेट भेटवार्ता तय भएको छ । भेटमा नेपाल र चीनबीच यसअघि भएका सम्झौता कार्यान्वयन, नेपालले चाहेको सहयोग, चीनको प्राथमिकता लगायतका विषयमा छलफल हुनेछ । हिजो प्रधानमन्त्री प्रचण्डले बेइजिङमा चीनका उपप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गर्नु भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरुसँग पनि हिजो नै भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको १५ सदस्यीय टोली पर्सी नेपाल फर्किनेछ ।

प्रतिकृया

Add