तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादमा जोड दिनुपर्छः बस्नेत

 आइतवार, फाल्गुन २२, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगपालिका प्रमुख रमेशकुमार बस्नेतले राज्यको तीन खम्बे अर्थनीतिको परिधिभित्र रहेर उद्योगहरुले उत्पादनम जोड दिनुपर्ने बताए । रामेछाप उद्योग वाणिज्य संघको २९ औँ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमखु वस्नेतले यस्तो बताएका हुन् । तीन खम्बे अर्थनीति सरकार, सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी कुटिल उद्योग स्थापना गरी उत्पादनमुखी विकासमा जोड दिनुपर्ने बस्नेतले बताए । नागरिकको सेवा र समृद्धि प्राप्तिको लागि कुटिल उद्योग स्थापना गरी कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी बढाउनु पर्ने नगरप्रमुख बस्नेतको भनाई छ । त्यसका लागि नगरले आर्थिक र नीतिगत सुधारको लागि पर्याप्त सहयोग गर्ने पनि बस्नेतले बताए । यसैबीच रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले संघले हालसम्म प्राप्त गरेका सफलता र उपलब्धीहरु प्रशंसनीय रहेकोे बताए । रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्काले उत्कुष्ट संस्था निर्माणका लागि अहोरात्र खट्नुपर्ने बताए । आफ्नो दश वर्षे कार्यकालमा संस्थागत सफलता प्राप्तिका लागि निरन्तर खटेर काम गरेको स्मरण गर्दै पूर्वअध्यक्ष खड्काले संस्थागत विकासका लागि निजी फाइदा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । त्यसका लागि सरकारसँगको साझेदारीमा काम गर्नुपर्ने र चुनौतीहरुलाई चिरेर अघि बढ्नुपर्नेमा खड्काले जोड दिए ।

प्रतिकृया

Add