नगरको महत्वपूर्ण योजनाहरु सम्पन्न हुँदा म धेरै खुसी छु : बस्नेत

 मङ्लबार, फाल्गुन २४, २०७८ | onlinenews

रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नगरको प्रमुख योजनाहरु मध्य दुई वटा योजना पूरा भएको बताए । नेपालको तेश्रो र पूर्वको दोश्रो पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथान जाने पदमार्ग र सडक दुई वटा योजना एकैसाथ सम्पन्न हुँदा आपूm निकै खुसी भएको नगरप्रमुख बस्नेतले बताए । स्थानापति महादेव मन्दिर जाने पदमार्ग र सडक सोमबार उद्घाटन गर्दै बस्नेतले खुसी ब्यक्त गरेका हुन् । हिडेर जान चाहने भक्तजनहरुको लागि पद मार्ग र हिडेर जान नसक्ने अशक्त भक्तजनहरुको लागि सडक निर्माण गरिएको नगरप्रमुख बस्नेतले बताए । महादेव थानको फेदीमा साना महादेव लगायका देवताहरु रहेकाले प्रायजसो भक्तजनहरु हिडेर जाने गर्दछन् । विभिन्न अवरोध र चुनौतीकाबीच यो योजना सम्पन्न भएको पनि नगरप्रमुख बताए ।

वडा अध्यक्ष बुद्धिबहादुर पुलामीले मलाई डुवाउनु भयोजस्तो लागेको थियो तर काम सम्पन्न गर्नुभयो त्यसको लागि वडा अध्यक्षलाई पनि धन्यवाद छ, बस्नेतले भने । नेपालको ऐतिहासिक स्थानहरु मध्य एक स्थानापतिको धार्मिक एवं पर्यटन विकासको लागि बजेट विनियोजनको क्रममा समेत अवरोध भएपछि पूर्वाधार विकास अन्तर्गत बजेट विनियोजन गर्नुपरेको गुनासो समेत गरे । पैदल जानेको लागि मन्दीर फेदीबाट मन्दिरसम्म १ हजार ४ सय ४० वटा सिँडी निर्माण गरिएको छ भने हिड्न नसक्ने र अशक्त भक्तजनहरुको सहजताको लागि खुर्बेसी–बाहुनचुरा हुँदै मन्दीरसम्म सडक जोडिएको छ । ५ वर्षको अवधिमा वडा नं. ९ मा ४५ पटक पुगेका र त्यहाँ ४५ पटक पुग्नुको मुख्य कारण सडक र सिँडी निर्माणको कामको अवस्था बुझ्नु रहेको नगरप्रमुख बस्नेतले बताए ।

रमेश बस्नेत मेयर नभएको भए यो सडकमा बजेट आउने थिएन : वडा अध्यक्ष मगर

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत र स्थानीयबासीको सहयोगबाट स्थानापति महादेव मन्दीर जाने सिँडी र सडक निर्माण गर्न सफल भएको मन्थली नगरपालिका वडा न.. ९ का अध्यक्ष भरत पुलामी मगरले बताए । रमेशकुमार बस्नेत मेयर नभएको भए यो सडकको लागि बजेट आउँन सम्भव थिएन र यहाँको स्थानीयहरुले साथ नदिएको भए काम सम्पन्न गर्न सकिने थिएन वडा अध्यक्ष मगरले भने । सिँडी निर्माण र सडक निर्माणको क्रममा आपूmले धेरै अवरोध र सास्ती ब्यहोर्नु परेको पनि अध्यक्ष मगरले गुनासो गरे । विपक्षी पार्टीहरुले विरोध गर्दागदै पनि जनताको साथ सहयोगबाट योजना सम्पन्न गर्न सफल भएको उनले बताए । बजेट विनियोजन गर्न कार्यपालिकाले विरोध गर्दा पनि नगरप्रमुख बस्नेतले बजेट विनियोजन गरिदिएकाले नेपालकै ऐतिहासि स्थान स्थानापतिको विकास गर्न सम्भव भएको उनको भनाई छ ।

प्रतिकृया

Add