बाल जीवन परिवर्तन केन्द्रले दियो विपन्न कृषकलाई बङ्गुर र बाख्राका पाठापाठी

 बुधबार, फाल्गुन २५, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनले दोलखाको जिरी नगरपालिका वडा नं. ७ र विगु गाउँपालिका वडा नं. ७ का विपन्न कृषकहरुलाई बङ्गुर तथा बाख्राका पाठापाठी प्रदान गरेको छ । दोलखा जिल्ला स्थायी घर भई हाल अमेरिका बस्दै आएकी पदमा प्रधानको समन्वयमा फाउण्डेशनकी संस्थापक अध्यक्ष अलिशा थापा (जोशी)ले ७ लाख रुप्रैयाँ आर्थिक सहयोग प्रदान गरेकी थिइन । सोही रकमबाट ९० वटा बङ्गुरका पाठापाठी खरिद गरी जिरी नगरपालिका वडा नं. ७ का ३० जना विपन्न कृषकहरुलाई प्रदान गरिएको बाल जीवन परिवर्तन केन्द्र नेपाल फाउण्डेशनका अध्यक्ष शान्ता नेपालीले जानकारी दिए।
यस्तै, दोलखाको विगु गाउँपालिका वडा नं. ७ बस्ने कृष्ण कुमारी थामीलाई बोयर र खरी जातको ५० वटा बाख्राका पाठपाठी प्रदान गरिएको उनले जानकारी दिए । उनीहरुको आर्थिक जीवनस्तर उकास्न र जीविकोपार्जनमा थप टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष नेपालीले बताए । अध्यक्ष नेपालीले सहयोगदाता प्रधान र थापा दबै जनालाई धन्यवाद समेत व्यक्त गरे । अध्यक्ष नेपालीका अनुसार यस संस्थाले बालबालिका, स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । संस्थाले हालसम्म विभिन्न १० वटा जिल्लामा आफ्नो कार्यक्रममार्फत सहयोग प्रदान गरिसकेको छ । समाजसेवी थापा र प्रधान दुवै जना अहिले अमेरिकामा बस्दै आएका छन् ।

प्रतिकृया

Add