रामेछाप एयरपोर्टमा १ महिना नोटाम प्रगति शूल्य

 बिहिबार, फाल्गुन २६, २०७८ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछापको सदरमुका मन्थलीको आकाशेमा रहेको रामेछाप विमानस्थलमा जहाज पार्किङ्ग एरिया विस्तारको लागि १ महिना नोटाम जारी गरिएको थियो । तर नोटाम जारी गरिएको अवधिमा निर्माण कार्यको प्रगति भने शून्य रहेको छ । ४ वटा जहाज पार्किङ्ग गर्न सकिने रामेछाप विमानस्थलमा ८ वटासम्म जहाज अटाउन सकिने गरि पार्किङ्ग एरिया विस्तार गर्न नोटाम जारी गरिएको थियो । माघ १ गतेदेखि फागुन २ गते विहानसम्मको लागि नोटाम जारि गरिएको भए पनि डेढ महिना वितिसक्दा समेत काम सुरुहुन नसकेको एयरट्राफिक कन्ट्रोलर सरिता पाण्डेले जानकारी दिइन् ।
सुरक्षाको हिसावले विमानस्थल संवेदनशील हुने भएकाले निर्माण कार्य भइरहँदा नोटाम जारी गरि निश्चित अवधिको लागि विमान अवतरण र उडान गर्न निषेध गरिएको हुन्छ । नोटाम खुल्ला भइसकेको अवस्थामा निर्माण कार्य गर्दा सुरक्षामा चुनौती हुने विमानस्थलको भनाई छ । विमानस्थल विस्तारको जिम्मा कान्छाराम कन्ष्टक्सनले पाएको थियो । क्रसर उद्योगले मेट्रियल दिन नसक्दा तोकिएको समयमा काम हुन नसकेको परियोजना प्रमुख विनायक भट्टराईले बताए ।
पर्यटकीय सिजन चैत्र, वैशाख र जेठ महिनामा रामेछाप विमानस्थल हुँदैन स्वदेशी तथा विदेशी पर्यटकहरु सगरमाथाको आधार शिविर जाने गर्दछन् । यस वर्षको लागि उडान बुकिङ्ग आउन थालिसकेको एयरलाइन्सहरुले जनाएका छन । कोरोना महामारीको कारण दुई वर्षदेखि थलिएर विस्तारै तङ्ग्रिन लागेको पर्यटन ब्यवसाय, निर्माण ब्यवसायिको लापर्वाहीले पुनः प्रभावित हुने भएको छ । काठमाडौंबाट नजिक रहेको र साना विमानस्थलहरुमा हवाई इन्धन सहितको ब्यवस्था भएको पूर्वि क्षेत्रकै एकमात्र विमानस्थल भएकाले एमर्जेन्सी विमान अवतरणका लागि समेत रामेछाप विमानस्थल उपयोगि मानिन्छ । यता एयरपोर्ट सञ्चालन नहुँदा दुई दर्जन भन्दा बढी होटेल व्यावसायि संकटमा परेका छन् भने कति त छाडेर हिँडिसकेका छन् । रामेछाप हुँदै सोलुखुम्बुको लुक्लासम्म जाने पर्यटक सदरमुकाम मन्थली बस्ने र सोलुखुम्बु जाने गर्दथे तर अहिले सुनसान भएको र व्यापार पनि संकटमा परेको होटल एल्लो हाउसका सञ्चालक गणेश थपलियाले बताए । पर्यटकलाई लक्षित गर्दै ठूलो लगानीमा होटल सञ्चालन गरेको तर बाह्य पर्यटक आउन नसक्दा सम्पूर्ण व्यवसाय संकटमा परेको रामेछाप होटल तथा पर्यटन व्यवसायि संघका अध्यक्ष शेखरमान श्रेष्ठले बताए । व्यवसायिको पीडा एकातिर छ भने एयरपोर्ट निर्माणको जिम्मा पाएको कान्छाराम कन्ष्ट्रसनका सञ्चालक र आयोजनाले समेत क्रसरलाई दोष दिएर पन्छिरहेका छन् । सिजनको बेला दैनिक ७० वटासम्म उडान भरेको तथ्यांक रहेको विमानस्थलको भनाई छ । रामेछाप विमानस्थलबाट तारा, समिट र सीता एयरलाइन्सका जहाजले उडान भर्ने गरेका थिए ।

प्रतिकृया

Add