भोट हाल्ने औँलामा कान्छारामको अविर

 सोमवार, चैत्र ७, २०७८ | onlinenews

रामेछाप । नेपाली काँग्रेस रामेछापले चुनावि अभियानलाई तीब्र बनाएको छ । पार्टीको केन्द्रिय निर्देशन अनुसार ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ नेपाली काँग्रेस रामेछापले ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ भन्ने चुनावि अभियान सञ्चालन गरेको हो । चैत्र ९ गतेदेखि सञ्चलान हुने नेपाली काँग्रेस रामेछापको चुनावि अभियान २५ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर बोगटीले बताए । नेपाली काँग्रेस रामेछापले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि पार्टीको चुनावि अभियान बारे जानकारी दिएको हो । काँग्रेस रामेछापले चुनावि अभियान सञ्चालनको लागि पालिका स्तरका अभियान टोलीका संयोजकहरु यसअघि नै तोकिसकेको छ ।
नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले चुनावि अभियानको साथै पाँच वर्षको अवधिमा भएका विकास निर्माणको बारेमा समेत जानकारी दिने, विकास निर्माणको काम, स्थानीय सरकारले के कति गरे, जनताको अपेक्षा अनुसारको विकास भयो कि भएन भन्ने बारेमा पनि जनतासँग बसेर छलफल गर्ने र आफ्नो पार्टीको धारणा जनतासामू राख्ने कार्यक्रम रहेको उपसभापति कार्कीले बताए । स्थानीय स्तरमा भइरहेका जातीय तथा साँस्कृतिक, विभेदका मुद्दाको समेत उठान गर्ने कार्कीले बताए । त्यसैगरी अमेरिकी सहयोग एमसीसीको बारेमा समेत जनतलाई प्रष्ट्याउने कार्कीको भनाई छ । एमसीसीमार्फत काँग्रेसले देश बेच्यो भन्ने भ्रम कि यथार्थ भन्ने बारेमा पनि जनतालाई स्पष्ट पारिने कार्कीले बताए ।

म पालिकाको उम्मेदवार पनि बन्न सक्छुः कान्छाराम

नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङले आवश्यक परेको खण्डमा आपूm गाउँपालिका अध्यक्षको उम्मेदवार समेत बन्न सक्ने बताएका छन् । आफू गाउँपालिकाको उम्मेदवार बन्ने कि नबने भन्नेबारे प्रतिस्पर्धी पार्टीले उठाउँने उम्मेदवारमा भरपर्ने काँग्रेस सभापति तामाङले बताए । नेकपा एमालेबाट बागमती प्रदेशका मन्त्री समेत बनेका शान्तिप्रसाद पौडेल गोकुलगंगा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने चर्चा चलेको भन्दै यदि शान्तिप्रसाद पौडेल गाउँपालिका अध्यक्षको उम्मेदवार बनेमा आफू गोकुलगंगा गाउँपालिका अध्यक्षमा चुनाव लड्न सक्ने सभापति कान्छारामले शंकेत गरेका छन् । रामेछाप जिल्लामा पछिल्लो समय नेपाली काँग्रेसको पक्षमा चुनावि माहौल बन्दै गएको समेत तामाङले दावि गरे । जिल्लामा अन्य पार्टीहरुबाट १ हजार ७ सय जना काँग्रेसमा प्रवेश गरेको बताउँदै सभापति तामाङले भने– नेपाली काँग्रेसमा आउँनेहरुलाई भोट हाल्ने औँलामा अविर लगाएर स्वागत गरेको छु । दाहिने हातले भोट हाल्ने भएकाले निधारमा नभई दाहिने हातको बुढि औँलामा अविर लगाएर आफ्नो पार्टीका स्वागत गरेको उनको भनाई छ ।

प्रतिकृया

Add