आज पत्रकार महासंघको ६२ औं स्थापना दिवस

 बुधबार, चैत्र १६, २०७३ | onlinenews

१६ चैत,  रामेछाप – नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको आज ६२ औं स्थापना दिवस परेको छ । स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरि मनाउने प्रचलन रहेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको स्थापना दिवसको अवसरमा मुलुक र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मी र पत्रकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हक हितका लागि अग्रजहरूले सुरु गरेको प्रयासप्रति गौरव महसुस गरेको बताएका छन् ।
जस्तोसुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आफ्ना अग्रजहरुले देखाएको मार्गबाट रत्तिभर विचलित नभई अझ सशक्तरूपमा लागिरहने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया

Add