नेपालको शान्ति प्रक्रिया विकसित मुलुकले प्रचार गर्न नचाहेको प्रधानमन्त्री प्रचण्डका टिप्पणी

 बिहिबार, चैत्र १७, २०७३ | onlinenews

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको टिप्पणी गर्नु भएको छ । राजधानीमा विहीकार भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरण मध्येको एक भएको चर्चा गर्दै नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले नचाहेको बताउनुभयो । युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै उहाँले ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गर्नुभयो । राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा (माओवादी)का अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताउनुभयो ।

प्रतिकृया

Add