म्यादीको लागि रामेछापमा ८ सय ८ दरखास्त, आजदेखि छनौट प्रक्रिया सुरु

 शनिबार, चैत्र १९, २०७३ | onlinenews

चैत्र १९, रामेछाप– रामेछाप जिल्लामा म्यादी प्रहरीको लागि ८ सय ८ दरखास्त परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले यही चैत्र ११ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरीको

भर्ना खुलाएको थियो ।
म्यादी प्रहरीको लागि दरखास्त दिनेहरुको स्वास्थ्य र शारीरीक परीक्षण शनिबारबाट सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । म्यादी प्रहरीमा दरखास्त दिने मध्ययबाट रामेछापमा ५ सय ६७ जना छनौट गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिएका छन् ।
शनिरबार र आइतबार दुई दिन सम्म विहान र दिउसो दुई चरणमा गरि छनौट गरिने बताएको छ । म्यादी प्रहरी छनौट कार्यक्रम सदमुकाम मन्थलस्थित आकाशेको खेल मैदानमा भइरहेको छ ।

म्यादी प्रहरी छनौट तालिका तल

chanaut talika

प्रतिकृया

Add