मन्थलीको भाँडा पसलमा आगलागी

 मङ्लबार, चैत्र २९, २०७३ | onlinenews

चैत्र २९, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीस्थित न्यु भाँडा पसल एण्ड सप्लायर्समा गत राति आगलागि भएको छ ।
बेलुका पसल बन्द गरेर निवासमा गइसेकेपछि आगलागि भएको भाँडा पसलका प्रोप्राइटर प्रकाश थापाले बताए । पसल बन्द भएको केहिवेरपछि धुवा आई आगो नै बलेपछि छिमेकीले थापालाई खबर गरेका थिए ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो । मन्थली नगरपालिकाको अग्नी नियन्त्रण यन्त्र (दम्कल) भने आगो नियन्त्रणमा आइसकेपछि पुगेको थियो ।
आगलागीबाट प्लास्टिकका भाडाहरु, डोरी लगायतका सामानहरु जलेका छन् । बेलुका बालेको दीयोबाट आगो सल्किएर आगलागि भएको हुनसक्ने प्रहरीको भनाई छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

प्रतिकृया

Add