सरकार मोर्चाबीच निर्णायक बैठक जारी

 शनिबार, बैशाख ९, २०७४ | onlinenews

बैशाख ९, काठमाडौं– सरकार र मधेशी मोर्चाका नेताहरुबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला यस्तो वैठक भएको हो ।
हिजो दिनभर भएका श्रृखलाबद्ध संवादमा केही प्रगति भएजस्तो देखिएपछि सरकार र मोर्चाबीच आज वैठक भएको हो । हिजो विहान र साँझ गरेर मोर्चा र सरकारबीच दुई चरणमा छलफल भएको थियो । छलफल सरकरात्मक भएको भन्दै आजका लागि पुन वैठक बोलाइएको थियो ।
हिजोको छलफलका क्रममा दुवै पक्षले संसोधन विद्येयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने, मोर्चा चुनाव आउने, स्थानीय तहको सख्या बढाउनु पर्ने भए दुई चरणमा निर्वाचन गर्ने जस्ता विषयमा सहमति नजिक पुगेको बताएका थिए ।
आजको वैठकमा सरकारले संसोधन सम्बन्धी नयाँ मस्यौदा ल्याए आफुहरु चुनावमा जान तयार हुने मोर्चाका नेताहरुले बताएका थिए ।
हिजो विहान भएको वैठकमा प्रधानमन्त्री प्रचण्डले मोचाृ चुनावमा आउने सुनिश्चता भए संसोधन विद्येयकमा परिमार्जन गर्न सकिने, आबश्यक परे दुई चरणमा चुनावमा जान सकिने जस्ता विकल्प अगाडि सारेका थिए । तर, यसका लागि मोर्चाले चुनावमा आउने सुनिश्चता जनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रमुख प्रतिपक्ष दल एमालले पनि मोर्चा चुनावमा आउने सुनिश्चता भए संसोधन प्रस्तावमा लचकता देखाउन सकिने जनाएको छ ।
यस अघि सरकारले दर्ता गराएको विद्येयकले आफुहरुका माग सम्बोधन नगरेको भन्दै मोर्चाले आमहड्तालसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको संघर्षको कार्यक्रमले तराई–मधेशको चुनाव प्रभावित हुने आंशका पनि कायमै छ । यद्यपी मोर्चालाई चुनावमा सहभागी गराउन सरकार र सत्तारुढ दलको तर्फबाट प्रयास भने कायमै छ ।

प्रतिकृया

Add