११ बजे मन्त्री परिषद वैठक बस्दै

 आइतवार, बैशाख १०, २०७४ | onlinenews

वैशाख १०, काठमाडांै– स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय गर्न  नेपाल सरकार मन्त्री परिषदको बैठक बस्दै छ । शनिबार सरकार र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुबीच भएको छलफल पछिको सहमतिलाई औपचारिकता दिन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराउने, निर्वाचन २ चरणमा गर्नेलगायत निर्णयलाई मन्त्रीपरिषद बैठकमा लैजाने तयारी गरेको उनका निजि सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।

प्रतिकृया

Add