रामेछाप नागरपालिकामा निर्वाचन तयारी पूरा

 आइतवार, बैशाख २४, २०७४ | onlinenews

वैशाख २५, रामेछाप- स्थानीय तहको निर्वाचनको लागि रामेछाप नगरपालिकाले अन्तिम तयारी पूरा भएको नगरपालिकाको कार्यालय रामेछापले जानकारी दिएको छ ।  वैशाख १९ गते नगरपालिका स्तरका राजनैतिक दलका उम्मेदवारहरुको मनोनयन दर्ता, अन्तिम सूचि प्रकाशन र दाबी बिरोध सहित सबै प्रक्रियाहरु पूरा गरिएको नगरपालिकाको प्रशाशन शाखाकी खरिदार घना श्रेष्ठले जानकारी दिनुभयो ।
लामो समयको अन्तरालपछि हुन लागेको निर्वाचनमा मतदाताहरुलाई आफ्नो मताधिकारको प्रयोग  गर्न र  मतदान गर्दा मत सदर र बदर हुने अवस्थाका बारेमा सु–सुचित गर्न नगरपालिका स्तरमा चैत २८ गतेबाट नै मतदाता शिक्षा कार्यक्रम संञ्चालन गरिएको श्रेष्ठले जानकारी बताउनुभयो ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्ने आवाज उठिरहँदा रामेछाप नगरपालिका अन्र्तगत सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको श्रेष्ठले दावि समेत गर्नुभयो ।
स्थानीय निकायको निर्वाचनको मिति पाँच दिनमात्र बाँकी रहँदा नगरपालिकामा निर्वाचका सबै कामहरु पुरा भइसकेको बताइएको छ ।  निर्वाचनको लागि आवश्यक मतपेटिका र मतपत्र भने २८ गते सम्ममा कार्यालयमा आइपुग्ने नगरपालिकाले जनाएको छ ।
रामेछाप नगरपालिका अन्तर्गत २४ वटा मतदान केन्द्र रहेका छन् । नगरपालिकाको एउटा वडामा बढिमा ३ वटासम्म मतदान केन्द्र रहेको छ ।  १८ हजार ९ सय ४९ जना मतदाता रहेको यस नगरपालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया

Add