गाउँ खटिने कर्मचारीको लागि मन्थलीमा नमूना मतदान

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२६ वैशाख २०७४–जिल्लाको विभन्न मतदान केन्द्रमा खटिने कार्यक्रमहरुको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिका बारे मनूना मतदान गरेर देखाएको छ ।
वैशाख ३१ गतेको निर्वाचनमा खटिने कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका र मतदातालाई मतदान गर्न सिकाउने उद्देश्यले कर्मचारी र स्थानीय सरोकारवालाहरुको सहतागितामा नमूना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नमूना मतदान कार्यक्रममा निर्वाचनको दिन मतदान गर्न मतदाताहरुले  मतदान गर्ने तरिका, स्वस्तीक छापको समूचित प्रयोग मतदान प्रक्रियाका लागि निभाउनु पर्र्र्ने भूमिकाको बारेमा जानकारी गराइएको थियोे ।
मतदानमा गर्दा मतपत्र बदर नगरुन भन्ने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्ययले बताउनुभयो ।
नमूना मतदान कार्यक्रममा स्थानीय विकास अधिकारी लगाय जिल्ला विभिन्न कार्यालयका कर्मचारी, पत्रकार र मतदाताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया

Add