माओवादी उम्मेदवारको चट्याङ लागेर मृत्यु

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews


२६ बैशाख २०७४ चितवन । माओवादी केन्द्र चितवनका उम्मेदवारकोे चट्याङ लागेर मृत्यु भएको छ ।

कालिका नगरपालिका माओवादी केन्द्रका उम्मेदवार सिफल चेपाङको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो । कालिका नगरपालिकाको सिद्धीस्थित घरमै सुतिरहेका बेला चट्याङ लागेर ज्यान गएको हो । चट्याङ लागेपछि उपचारका लागि अस्पताल लग्दै गर्दा ज्यान गएको चितवन प्रहरी जनाएको छ । चेपाङ कालिका नगरपालिकाको वडा नं ११ को वडा सदस्य उम्मेदवारमा उठनु भएको थियो ।

प्रतिकृया

Add