नियोक रामेछापले खटायो निर्वाचन पर्यवेक्षक

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२६ वैशाख २०७४ रामेछाप– निर्वाचन पर्यवेक्षण समिति नियोक जिल्ला समिति रामेछापले वैशाख ३१ गतेको हुने निर्वाचनको लागि जिल्लाको विभिन्न बुथहरुमा पर्यवेक्षक खटाएको छ ।
जिल्लाका १६ बुथको लागि परवुथ एक जनाका खरले पर्यवेक्षक खटाइएको नियोक रामेछापका अध्यक्ष बद्रि नयाँघरले जानकारी दिनुभयो । पर्यवेक्षणको लागि मतदान केन्द्रमा खटिने  आफना पर्यवेक्षकहरुलाई सोमबार एक दिने तालिम दिएर फिल्डमा खटाइएको नियोक रामेछापले जनाएको छ ।
नियोक रामेछापका अनुसार निर्वाचनमा खटिने १६ जना पर्यवेक्षकहरुलाई पर्यवेक्षणमा निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिताको बारे तालिममा जानकारी गराइएको थियो ।
तालिममा जिल्ला निर्वाचन कार्यालय रामेछापका  निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले निर्वाचन पर्यवेक्षण विधि र निर्वाचन आचारसंहिताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी पर्यवेक्षकहरुले निर्वाचन शुरु हुनु अघि र पछि मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिका र निर्वाचन पर्यवेक्षणको क्रममा अपनाउनुपर्ने सजकताकोे बारेमा नियोक जिल्ला अध्यक्ष बद्री नयाँघरे, उपाध्यक्ष उमंग मैनाली र सचिव दीपक भट्टले पर्यवेक्षकहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।

प्रतिकृया

Add