माओवादीलाई भोट मागेपछि काँग्रेस नगरसह–संयोजकपार्टीबाट निष्काशित

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ बैशाख २०७४, रामेछाप- नेपाली कांग्रेसका रामेछाप नगरपालिकाका सह–संयोजक युद्धबहादुरले माओवादी केन्द्रको उम्मेदवारलाई भोट मागेपछि उनलाई काँग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टीले कारबाही गरेको छ ।
कार्कीले पार्टी नीति विपरित माओवादी केन्द्रका उम्मेदवारलाई मत मागेपछि पार्टीबाट निष्कासन गरिएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीले कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको र गोठगाउँमा काँग्रेसले माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गरेको भन्दै गलत प्रचार गरि पार्टी विरुद्ध गतिविधि गरेकाले पार्टीबाट निष्कासन गरिएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की जानकारी दिनुभयो ।

प्रतिकृया

Add