आपूm निर्वाचित भए रामेछाप नगरपालिकालाई देशकै नमुना बनाउछु: खड्गी

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

राजीव कार्की


 २८ वैशाख २०७४, रामेछाप–  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका तर्फबाट रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका नेता शिशिर खड्गीले आपूm मेयर पदमा निर्वाचित भए रामेछाप नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
इतिहासमा नाम लेखाएका गंगालाल र पुष्पलालको जन्मभूमि रामेछापलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने दृढता  पनि व्यक्त गर्नुभएको छ । गरिव तथा उत्पीडन वर्गको उत्थानको निमित्त आँफू १५ वर्षको उमेरदेखि राजनीतितमा होमिएको बताउदै खडगीले रामेछाप नगरपालिकाका मतदाताले आपूmलाई अत्याधिक मतका साथ विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनमा आपूm विजयी भए रामेछाप नगरपलिकाका सबै वडामा विद्युतिकरण गर्ने, जिल्ला अस्पताल रामेछापलाई ५० शै्ययाको बनाउने, नगरपालिकाका प्रत्यक वडामा १५ शै्ययाको सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याउन पहल गर्ने, लोपन्मुख जातजातीको भेषभुषा र संस्कृति संरक्षणको लागि साँस्कृतिक संग्राहलय स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
रामेछाप नगरपालिकाका जनताकोे आयस्तर बढाउनको लागि आपूmले कृषि र पर्यटनलाई मुख्य आधार बनाएको र धार्मिक स्थल तथा पुरानो बजारहरुको विकाश तथा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । त्यस्तै नगरपालिका भित्रै भूकम्प पश्चातको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राख्दै तेश्रो किस्ता असार भित्रै प्रभावितका हातहातमा पु¥याउन केन्द्रिय सरकारसँग समन्वय गर्ने समेत उम्मेदवार खड्गीले बताउनुभयो ।

प्रतिकृया

Add