रामेछाप नगरपालिकालाई समृद्ध बनाउन योजना यस्तो छ एमालेबाट मेयरका उम्मेदवार रोशन पाख्रिनको योजनाहरु

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाख २०७४, रामेछाप– रामेछाप जिल्लामा चुनावी माहौल उत्कर्षमा पुगिसकेको छ । सबै दलका उम्मेदवारले आफ्नो चुनावी घोषणपत्रहरु तयार गर्दै चुनावी मैदानमा उत्रिएका छन् । रामेछाप नगरपालिकाबाट काँग्रेसबाट नरबहादुर थापा, एमालेबाट रोशन पाख्रिन, माओवादी केन्द्रबाट शिशिर खड््गी, राप्रपाबाट सरस्वती श्रेष्ठ र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट भक्तराज थापा (अपिल) ले मेयरमा उम्मेदवारी दिनुभएको छ । स्थानीय निर्वाचनमा यसपटक रामेछाप नगरपालिकामा मुख्यतः तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । हाम्रो अनलाइन न्युजले एमालेबाट मेयरका उम्मेदवार रोशन पाख्रिनलाई यसपटकको निर्वाचनको परिणाम तपाइको पक्षमा आए रामेछापको विकासका लागि कस्ता कार्यक्रम अघि सार्नु भएको छ ? भनि सोधेका थियौँ ? रामेछाप नगरपालिका भित्रका सडक सञ्जाल अत्यन्तै कमजोर अवस्थामा रहेको हुँदा मुख्य सडकलाई कालोपत्रे गर्ने, कमजोर अवस्थाका सडकहरुलाई स्तरोन्नती गर्दै सडक सञ्जालसँग नजोडिएका बस्तीहरुमा सडक बिस्तार गर्ने योजना रहेको पाख्रिनले बताउनुभयो । नगरपालिकाको सीमाक्षेत्रभित्र उचित किसिमको बसपार्र्क निर्माण गर्ने योजना बनाउनु भएको छ ।  गरिबीले गाँजेको यस नगरपालिकाको समृद्धिको लागि स्थानीय स्रोत, साधनको उचित प्रयोग गरि स्थानीय स्तरमै सम्भावनाहरुको खोजी गर्ने पाख्रिनका योजना रहेको छ । निर्वाहमुखि खेती प्रणालीलाई आधुनिकीकरण गरि रामेछाप जिल्लाकै गौरब, कृषकहरुको पौरख भन्ने नारालाई व्यवहारमा लागू गर्न जुनार, बुद्धचित्त, सुन्तला, मुन्तला, कागती, निवुबा, अदुवा, बेशार, लसुन र प्याज खेतीलाई व्यवसयिक रुपमा सञ्चालन गर्नेे कार्यक्रम अघि पनि योजना रहेको पाख्रिनले बताउनुभयो । कृषिजन्य उत्पादनहरुको भण्डारणको लागि उचित कोल्ड स्टोरको व्यवस्थापन गर्दै कृषहरुलाई अनुदानको व्यस्था मिलाउने योजना रहेको पनि उहाँले बताउनुभयो । कृषकको मनोवललाई उच्च बनाउन कृषकको योजना अनुरुप अग्रिम सुलभ कर्जाको व्यवस्था गर्ने योजना रहेको बताउनु भएको छ । हावापानी, भौगोलिक बनावट, माटो परीक्षरण गरि संम्भावित कृषि व्यवसाय सञ्चालनमा जोड दिने पनि योजना पाख्रिनको योजनाछ । बालिनाली, पशु र व्यवसायको विमामा जोड गरिने योजनाहरु समेत रहेको जानकारी गराउनु भयो । त्यस्तै युवाहरुलाई वैदेशिक रोजगारीबाट पलायन हुनुपर्ने बाध्यात्मक परिस्थितिलाई न्यूनिकरण गर्ने किसिमका योजनाहरु समेत अघि सार्ने योजना बनाउनु भएको छ । उद्यम विकास र स्वरोजगारका लागि नगरपालिकाभित्रका खानीहरुको उत्खनन गर्ने, लक्षित युवा युवतीका लागि सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन, व्यूटिसियन, टेलरिङ्गजस्ता व्यवसायिक तालिमहरु निःशूल्क रुपमा संञ्चालन गर्ने योजनाहरुलाई प्राथमिकताका साथ अघि सारिने पनि उहाँले जानकारी दिनुभयो । परम्परागत पेशालाई आधुनिकीकरण गर्न प्रतिघरपरिवार पचास हजार रुपैंयाका दरले सहयोग गरि उत्पादित बस्तु तथा सामाग्रीको बिक्री वितरणका लागि उचित बजारको व्यवस्थापन गर्ने योजना समेत रहेको पाख्रिनले जानकारी दिनुभएको छ । रामेछाप नगरपालिका पर्यटन विकासको लागि उचित सम्भावना बोकेको नगरपालिका भएको हुँदा नगरपालिका भित्रका धार्मिक, साँकृतिक, प्राकृतिक, कृषि, ग्रामिण पर्यटनको विकासलाई समेत जोड गरिने योजना अघि सार्नुभएको छ । साँकृतिक विविधताको जगेर्ना गर्न हायु, पहरी, तामाङ्ग, मगर र नेवार समुदायको भाषा, भेषभुषा, बाजागाज, नाच, कला र संकृतिको जगेर्ना गर्ने किसिमका कार्यक्रमहरु रहेको जानकारी उहाँको भनाई छ । रामेछाप नगरपालिका भित्र पर्ने साविकका रामपुर, हिमगंगा लगायत गाविसहरुमा खानेपानीको समस्या रहेकाले त्यस्ता सुख्खा बस्तीहरुको पहिचान गरी यथासक्य ३ बर्षभित्र खानेपानी विस्तार गर्ने योजना रहेको बताउनुभयो । नगरक्षेत्रभित्र अत्यन्तै आवश्यकीय स्थानमा सार्वजनिक शौचालयको निर्माण गरी सबै घरपरिवारले अनिवार्य रुपमा शौचालयको प्रयोग गर्ने बातावरण बनाउने समेत उहाँका योजनाभित्र रहेका छन् । नागरपालिकाका सम्पूर्ण विद्यालयहरुमा खानेपानी, शौचालय, पर्याप्त खेल मैदान, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर शिक्षा तथा इन्टरनेट सुविधा सहितको गुणस्तरीय शिक्षाको नीतिलाई अघि बढाउने योजना बनाउनु भएको छ । भुकम्पका कारण क्षति भएका बिद्यालयको तत्कालै पुर्नःनिर्माण गर्ने, विविध कारणले शिक्षाबाट बञ्चित हुन पुगेका सवै बालबालिकाको शिक्षालाई शुनिश्चित गर्ने योजना रहेका छन् । त्यस्तै उहाँको योजनामा हरेक नागरिकको स्वास्थ्य बिमाको व्यवस्था, हाल स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरुमा उचित पूर्वाधार निर्माण गरि आवश्यक उपकरणहरुको व्यवस्था गर्ने रहेको छ । जिल्लामा संञ्चालित जिल्ला अस्पताललाई ५० शै्यया बनाउने, महिला स्वास्थ्य स्वंयसेविकाहरुले हाल गाँउमा भोलेन्टिएर रुपमा गर्दै आएको स्वास्थ्य सेवा बापत मासिक रुपमा उचित तलब भत्ताको व्यवस्था गर्ने योजना समेत प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ । रामेछाप नगरपालिका भित्रका केहि बस्तीहरु बिद्युत्तिकरण गर्ने र बिद्युत आपूर्तिमा समस्या देखिएका ठाँउको पहिचान गरि केन्द्रिय तथा शाखा विद्युत प्रसारण लाइनलाई व्यस्थित गर्ने योजना समेत रहेको छ । त्यसैगरी सञ्चारको युग भएको हुँदा सबै नगरबासीलाई सुलभ र सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो । छापा तथा विद्युतीय संञ्चार माध्ययमहरुको विकासका लागि आवश्यक सहयोग गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो । मेयरका उम्मेवादर रोशन पाख्रिनकाले रामेछाप नगरपालिकालाई समृद्ध बनाउन आफुसँग धेरै योजना रहेको भन्दै चुनावी घोषणा आवास पुर्ननिर्माण र गुनासो सुनुवाइलाई पनि प्रथामिकतामा राख्ने उहाँले बताउनुभएको छ ।

प्रतिकृया

Add