शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो कामः लामा

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

    २८ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेसको तर्फबाट खाँडादेवि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका देवराज लामाले आपूm स्थानीय तहको निर्वाचनमा निर्वाचित भएमा गाउँपालिकाको प्रत्येक वडा तथा टोलका सडक स्तरोन्नती गर्ने अठोट व्यक्त गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी आफनो प्राथमिकतामा रहेको बताउदै लामाले भूकम्प प्रभावितको समस्या समाधान गर्ने स्थानीय सरकारको प्रमुख काम हुने बताउनुभयो । उहाँले गाँउपालिकाको धार्मिक स्थलको संरक्षण, विकास पनि आफ्ना प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रतिकृया

Add