खानेपानी, सडक, पुननिर्माण र विजुली पहिलो प्राथमिकताकाः कार्की

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाख २०७४, रामेछाप–माओवादी केन्द्रको तर्फबाट लिखु गाँउपालिकाको अध्यक्षको उम्मेदवार धु्रब कार्की ‘सन्दिप’ले पनि स्थानीय तहको निर्वाचनमा विजयी भए खानेपानी सड्क र विजुली आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
आपूm गाउँपालिका अध्यक्षमा विजयी भएमा भूकम्प प्रभावितहरुको गुनासोको सनुवाई गरि दोश्रो र तेश्रो किस्ता तत्का वितरण गर्ने पनि बताउनु भयो । गाउँको परम्परागत कृषि पेशालाई आधुनिकीकरण गरि गाउँपालिकालाई आर्थिक समृद्धितर्फ अघि बढाउने पनि उहाँले बताउनुभयो ।
गाउँपालिका अन्तर्गत खिम्तीको थामडाँडा त्यसैगरी गिद्देडाँडडालगायतका स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि गाउँपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउने उहाँले बताउनुभयो ।
त्यसैगरी गाँउपालिका भित्रका कच्ची सडकको स्तरोन्नती र कालोपत्रे आफनो नेतृत्वको स्थानीय सरकारको पहिलो काम हुने बताउनुभयो । गाउँपालिका प्रत्येक वडामा १५ शै्ययाको अस्पता स्थापना गर्ने प्राविधिक शिक्षका सञ्चालन गर्ने, स्थानीय स्तरमा उद्योग कलकारखाना स्थापना गरि बेरोजगार युवाहरुको लागि गाउँपालिकामै रोजगारीको ब्यवस्था गर्ने पनि कार्कीले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिकृया

Add