रामेछापमा माओवादीले मन्थली र काँग्रेसले गोकुलगंगाबाट खाता खोल्यो

 सोमवार, जेष्ठ १, २०७४ | onlinenews

१ जेष्ठ २०७४ रामेछाप- स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा माओवादी केन्द्रले मन्थली नगरपालिका वडा नं. १ र नेपाली काँग्रेसले गोकुलगंगा गाउँपालिका–१ बाट खाता खोलेको छ ।
त परिणाम अनुसार मन्थली नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ ४ सय ६३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्ण सुवेदीले ४ सय ३६ र नेकपा एमालेका उज्ज्वल सुवेदीले ४ सय ३४ मत ल्याएर पराजीत हुनुभएको हो । मन्थली नगरपालिका वडा नं. सदस्यहरुमा नेपाली काँग्रेसको ३ र नेकपा एमालेको १ सदस्य विजयी भएको छ ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसका मणिकुमार लामाले ५ सय  ६६ मत ल्याएर गोकुलगंगा गाउँपालिकाको वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने सदस्यहरु सबै नेकपा एमालेको उम्मेदवारहरु निर्वाचित भएका छन् ।

प्रतिकृया

Add