पत्रकारलाई सूचना लिनै समस्या

 बुधबार, जेष्ठ ३, २०७४ | onlinenews

३ जेष्ठ २०७४ रामेछाप- स्थानीय तहको पहिलो चरणको निर्वाच अन्तर्गत रामेछाप जिल्लामा जारी रहेको मत गणनाको मत परिणामको सूचना लिन पत्रकारलाई कठिन भएको छ ।
मत गणना भइरहेको स्थल नजिकै पत्रकारहरुको लागि बस्ने ठाउँ नभएको र सूचना डेस्क पनि ब्यवस्था नहुँदा पत्रकारलाई सूचना संकलन गर्न गठिन भएको हो ।
समय–समयमा माइकिङ्ग गरेर मत परिणाम सार्वजनिक गर्ने भनिए पनि माइकिङ्ग ब्यवस्थित नुहँुदा मत परिणामको बारेमा जानकारी पाउँन नसकेको मत गणना वरिवरी बसेका सर्वसाधारणको गुनासो छ ।
सरदमुकाम मन्थलीमा भइरहेको मत गणना स्थलमा पत्रकारले अनौपचारिक श्रोत प्रयोग गरेर सूचना लिनु परेको छ भने सदरमुकाम बाहिरको नगरपालिका र गाउँपालिकामा सूचनाको लागि सम्पर्क गर्ने आधिकारी ब्यक्ति नहुँदा समाचार संकलन गर्न निकै कठिन भइरहेको पत्रकार बद्धि नयाँघरेले बताउनुभयो ।
सदरमुकाम बाहिरका नगरपालिका र दुर्गममा रहेको गाउँपालिकाबाट सूचना दिने आधिकारी ब्यक्ति नहुँदा पत्रकारले राजनीतिक दल र स्थानीयबासी मार्फत मत मरिणामको सूचना लिनु पर्ने अवस्था रहेको छ ।
जसको कारण पत्रकारहरुले चाहेको बेलाम सूचना लिन सकिरहेको अवस्था छैन । त्यतिमात्र हैन मुख्य निर्वाच अधिकृतको कार्यालय रामेछापले मत गणनाको क्रममा बदर मतको संख्या सार्वजनिक गर्न अस्वीकार गरेको छ । पत्रकारले बदर मतको बारेमा जानकारी लिन खोज्दा रामेछापको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले सम्पूर्ण मत गणना नभई सार्वजनिक गर्न नमिल्ले बताउनु भएको छ ।

प्रतिकृया

Add