मन्थली नगरपालिकाका निर्वाचित प्रतिनिधिले सपथ लिए

 शुक्रबार, जेष्ठ ५, २०७४ | onlinenews

५ जेष्ठ २०७४– स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका रामेछाप जिल्ला अन्तर्गत मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहरण गरेका छन् ।
जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयर सहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् ।
मयेर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृति तथा जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीले सपथ खुवाउनु भएको थियो भने वडा सदस्यहरुलाई नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले सपथ खुवाउनु भएको हो ।
मेयर रमेशकुमार बस्नेत र उपमेयर माया कार्कीले आजैदेखि पदभार ग्रहण समेत गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले आगामी १५ दिनभित्रमा मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुमा कार्यालय स्थापना गरिसक्ने बताउनु भएको छ ।
गाउँपालिका र नगरपालिका सञ्चालनका लागि केही कानूनहरु बन्ने क्रममा रहेकाले कानून बनेर नआउञ्जेल नगरपालिकालाई समृद्ध बनाउन योजना निर्माणको तयारीमा लाग्ने पनि मेयर बस्नेतले बताउनु भयो ।

प्रतिकृया

Add