मेरो पहिलो काम सडक विस्तार हुनेछः थापामगर

 शुक्रबार, जेष्ठ ५, २०७४ | onlinenews

५ जेष्ठ २०७४–रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको नवनिर्वाचित मेयर नरबहादर थापामगरले नगरपालिकाको सबै वडाहरुमा सडक सञ्जालले जोड्नु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।
 त्यसैगरी खानेपाली शिक्षा, र स्वास्थ्य पनि आफ्नो प्राथामिकतामा रहेको थापामगरले बताउनुभएको छ । खानेपानीको समस्या रहेको रामेछाप नगरपालिकामा सुनकोसी नदीबाट लिफ्टबाट पानी तानेर वितरण गरि खानेपानी समस्याको दिर्घकालिन समाधान गर्नुका साथै भोट माग्ने क्रममा जनतालाई दिएको बाचा पूरा गर्ने पनि बताउनुभएको छ ।
नवनिर्वाचित मेयर थापामगरले तीन वर्षभित्रमा नगरपालिकाको ९ वटै वडाहरुमा सडक पु¥याउने बताउनुभएको छ । रामेछाप नगरपालिकाको उपमेयरमा पनि नेपाली काँग्रेसकै सिर्जजना खड्का विजयी हुनुभएको छ ।

प्रतिकृया

Add