जिल्लाकै एकमात्र महिला वडाध्यक्ष बन्नुभयो चिनीमाया

 शनिबार, जेष्ठ ६, २०७४ | onlinenews

६ जेष्ठ २०७४- स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा चिनीमाया तामाङ जिल्लाकै एकमात्र वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  नेकपा एमालेको तर्फबाट खाँडादेवि गाउँपालिका–९ को वडा अध्यक्षमा तामाङ निर्वाचित हुनुभएको हो ।
तामाङले आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका अकलबहादुर भण्डारीलाई २५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । तामाङले ३ सय ४१ मत ल्याएर वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी अकलबहादुर भण्डारीले ३ सय १६ मत पाउँनु भएको छ ।

प्रतिकृया

Add