मेस्सीको आर्थिक सहयोगमा स्वास्थ्य चौकी भनव निर्माण

 सोमवार, जेष्ठ ८, २०७४ | onlinenews

९ जेष्ठ २०७४ रामेछाप– रामेछाप नगरपालिका–५ ओख्रेनीमा विश्वका चर्चित जर्मनका फुट्वल खेलाडी लियो मेस्सीको नामबाट गठित मेस्सी फाउण्डेशनको आर्थिक सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
मेस्सीको आर्थिक सहयोग र युनिसेफको सहजिकरणमा निर्माण गरिएको स्वास्थ चौकी भवन एक औपचारिक कार्यक्रमकाबीच समुदायलाई हस्तान्तरण गरिएको छ ।
युनिसेफका कार्यक्रम अधिकृत सुरेशराज पण्डितले स्वास्थ्य मन्त्रालयको प्रशासकीय अधिकृत रमेश अधिकारीलाई चावि हस्तान्तरण गर्नुभएको थियो भने अधिकारीले जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद शाह र शाहले स्वास्थ्य चौकी ब्यवस्थापन समितिलाई चावि प्रदान गरि नविनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्नुभएको हो ।
२०७२ सालको विनासकारी भूकम्पले भवन भत्काएकापछि ओख्रेनी स्वास्थ्य चौकी पालमुनी सञ्चालन हुँदै आएको थियो । सोही स्थानमा  फुटवल खेलाडी मेस्सीको ८० लाख रुपैयाँ आर्थिक सहयोग र यूनिसेफको सहजीकरणमा ४ कोठे प्रिफयाव भवन निर्माण गरिएको हो ।
स्वास्थ्य चौकी निर्माण भएपछि स्वास्थ्य सेवा लिन सहज भएको स्थानीयको भनाई
मेस्सीको आर्थिक सहयोगमा रामेछाप जिल्लाको मन्थली, वेथान राकाथुम खनियाँपानी डडुवा फुलासी नामाडी साँघुटार र हिमगंगा लगायतका स्थानमा १३ वटा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाश शाहले बताउनुभयो ।
रामेछाप जिल्लामा यूनिसेफको सहजीकरणमा ६४ वटा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको र सन २०१७ भरीमा निर्माणाधिन भवनहरु सम्पन्न भइसक्ने यूनिसेफ रामेछापका कार्यक्रम अधिकृति सुरेशराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिकृया

Add