जेठ ३१ मै दोश्रो चरणको निर्वाचन गर्ने कांग्रेसको प्रतिवद्धता

 बिहिबार, जेष्ठ ११, २०७४ | onlinenews

११ जेठ २०७४


काठमाडौं– दोश्रो चरणको निर्वाचन जेष्ठ ३१ मै गर्ने नेपाली काँग्रेसले प्रतिवद्धता जनाएको छ । सरकार परिवर्तनले आगामी चुनाव प्रभावित हुनसक्ने आशंका भइरहेका बेला कांग्रेसले दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते नै गर्ने प्रतिवद्धता जनाएको हो ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक जेष्ठ ३१ मै दोश्रो चरणको निर्वाचन गराउने निर्णय गरेको हो ।
माओवादी अध्यक्ष समेत हुनुभएका प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि अब सरकारको नेतृत्व अब कांग्रेसले गर्नेछ । बैठकले पूर्वनिर्धारित मितिमै चुनाव गराउने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते चुनाव हुँदैछ । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको र उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने नेता केसीले जानकारी दिनुभयो ।
जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ । आगामी सरकार बारे भने वैठकमा छलफल नभएको नेता केसीका बताउनुभयो ।

प्रतिकृया

Add