रसुवाको ४० गाउँ अन्धकार

 आइतवार, जेष्ठ २१, २०७४ | onlinenews

२१ जेष्ठ २०७४ रसुवा– रसुवाको उत्तरी क्षेत्रको ४० भन्दा बढि गाउँमा विद्युत सेवा बन्द भएको छ । टासफर्मर क्षमता नपुगेका कारण ती गाउँमा विद्युत सेवा बन्द भएको हो ।
नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार टासफर्मरहरुको क्षमता बढाउने काम अगाडि बढाइएकाले गोसाइँकुण्ड र पार्वती गाउँपालिका पूरै र कालिकाको वडा नंं १ मा शनिबारदेखि विद्युत आपूर्ति बन्द भएको हो ।
विद्युत सेवा सुरु गर्न टासफर्मर जडान गर्ने कार्य शनिबार बिहानैदेखि सुरु भएको र एक÷दुई दिनमा विद्युत्त सेवा सुचारु हुने विद्युत प्राधिकरण रसुवाले जनाएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा चार हजार ४ सय घरपरिवारलाई असुविधा भएको प्राधिरकणले जनाएको छ । सदरमुकाम धुन्चे, राम्चे, ब्रिदिम, स्याफ्रु, टिमुरे, हाकु, गोल्जुङ, गत्लाङ, चिलिमेलगायतका भू–भाग अन्धकार भएको छ ।

प्रतिकृया

Add