भरतपुर काण्डको रिटमाथि सर्वोच्चमा सुनुवाई शुरु

 सोमवार, जेष्ठ २२, २०७४ | onlinenews

२२ जेष्ठ २०७ काठमाडौं- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुञ्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले आइतवार आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । छलफलका लागि विपक्षी झिकाउने वा अन्तरिम आदेश दिने भन्ने निर्णय अदालतले आजै गर्नेछ ।
निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका थिए ।
यसअघि एमाले स्थायी कमिटी बैठकले शनिवारै निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण भन्दै यसका विरुद्ध अदालत र जनता समक्ष जाने निर्णय गरेको थियो ।

प्रतिकृया

Add