बीर अस्पतालबाटै विरामी हराएपछि

 आइतवार, जेष्ठ २८, २०७४ | onlinenews

२८ जेष्ठ २०७४ रामेछाप– बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अस्पतालबाटै हराएकी छन् ।
घरको नजिकै रहेको पधेँराबाट पानी बोकेर आउँने क्रममा लडेर दाइने हातको पाता खुस्कीएपछि उपचारको लागि आफन्तका साथ बिर अस्पताल पुगेकी माझी २७ गते बिहान २ बजे अस्पतालबाटै हराएको पारिवारिक श्रोतले बताएको छ ।
अस्पताल भर्ना भएकी माझीको कुरुवा बसेकी छोरी निधाएको बेला बाहिर निस्केको र थाहा पाएपछि खोजतलासी गर्दा फेला नपरेको माझीकी श्रीमान रंगबहादुर माझीले बताए ।
२६ गते बेलुका अस्पताल भर्ना भएकी माझी हातमा लगाएको सलाइन सहित हराएकी थिइन । दुई दिनदेखि माभीको खोजी भइरहे पनि पत्ता नलागेको उनको परिवारले जनाएको छ ।
अस्पतालमा जडान गरिएको सीसी क्यामेरमा हेर्दा पनि उनी बाहिर निस्किएको नदेखिएको अस्पताल श्रोतको भनाई छ ।

प्रतिकृया

Add