वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई तालिम

 मङ्लबार, असार ६, २०७४ | onlinenews

 ६ असार २०७४ रामेछाप– वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई प्रशिक्षित गर्ने उद्देश्यले “जसको सवाल, उसैको नेतृत्व” भन्ने नाराका साथ रामेछापको मन्थलीमा तालिम सुरु गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा नेपाली मजदुरले भोगेका समस्या र चुनौतिलाई संस्थागत रुपमा समाधान गर्न तालिमको आयोजना गरिएको आप्रवासी कामदार हकहित संरक्षण तदर्थ समितिका अध्यक्ष किर्तिबहादुर खत्रीले जानकारी दिए ।
तालिममा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा काम गरेर फर्किएका २५ जना र यसै परियोजना अन्र्तगतका ६ जना कर्मचारीको समेत सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम संयोजक दिपक केसीले बताए ।
पीडितलाई न्याय दिलाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधानका लागि संस्थागत पहल गर्नका लागि तालिमको आयोजना गरिएको केसीको भनाई छ ।
वैदेशिक रोजगारीमा नेपाली कामदारले भोगेका समस्या र चुनौतीलाई संस्थागत समाधानका लागि रामेछापमा यस अघि नै आप्रवासी कामदार हकहित संरक्षण समिति गठन भइसको पनि श्रोतले बताएको छ ।
संस्थागत विकास तालिममा बैदेशिक रोजगारीको सवाललाई उठान गर्दै आएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम अधिकृत बिजय ठाकुर र रामेछाप जिल्लाका परियोजना संयोजक भोजराज सुनुवारले तालिमको सहजीकरण गरिरहेका छन् ।
हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना(सामी) र जिल्लाका साझेदार संस्था चारघरे सेवा समिति र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले रामेछापको सदरमुकाम मन्थलीस्थित एसएस एभरग्रिन होटलमा आयोजना गरेको तालिम बुधबारसम्स सञ्चालन हुने   सहयोगी संस्थाका कार्यक्रम अधिकृत सागरबिक्रम बस्नेतले जानकारी दिए ।

प्रतिकृया

Add