रामेछापको मन्थलीमा राष्ट्रिय सेवा दलको तालिम

 सोमवार, असार १२, २०७४ | onlinenews

१२ असार २०७४ रामेछाप


रामेछापको सदरमुकाम मन्थलीमा राष्ट्रिय सेवा दलद्धरा सञ्चालन तथा नन्दाबक्स गणको आयोजनामा रामेछाप शाखा ४४ औं ब्याज जुनियर डिभीजनका तालिम सुरु भएको छ ।
तालिममा मन्थली माध्यमिक विद्यालयका छात्र र छात्रा गरि ३६ जनाको सहभागिता रहेको छ । तालिम मन्थली उच्च मध्यमिक विद्यालयको प्राङगणमा सञ्चालन भइरहेको छ ।
यही असार ८ गतेबाट सुरु भएको तालिम दुई चरणमा गरि १ सय दिनसम्म सञ्चालन हुनेछ । जसमा संस्थागत तालिम ७९ दिन र वार्षिक सामूहिक क्याम्प २१ दिनको हुने आयोजक राष्ट्रिय सेवा दलले जनाएको छ ।
तालिमको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नन्दाबक्स गणका गणपति प्रमुख सेनानी प्रमोदकुमार थापाले युवा शक्तिलाई अनुशासित, बफादार, इमान्दार र जवाफदेहि नेतृत्व दिनको लागि तालिमको आयोजना गरिएको बताए ।
देशभक्त एवं राष्ट्रिय एकताको भावना जागृत गराई ब्यक्तिगत रुपमा ब्यत्तित्व विकासमा टेवा पु¥याउनुका साथै दक्ष जनशक्तिको विकास गरि विपद तथा प्राकृति विपद आइपरेको बेला अमूल्य सहयोग मिल्न सक्ने कुरालाई मनन् गर्दै राष्ट्रिय सेवा दलले सिनियर तथा जुनियर डिभीजन तालिमहरु सञ्चालन गर्दै आएको पनि प्रमुख सेनानी थापाले बताए ।
तालिम सैनिकीकरण गर्नको लागि नभई अनुशासित, सामूहिक र सहयोगि भवनाको विकास गराउनको लागि सञ्चालन गरिने पनि उनले बताए ।
श्रोतकाअनुसार मन्थली माध्यमिक विद्यालयको छात्र÷छात्राहरुको लागि ७९ दिन मन्थली माध्यमिक विद्यालयकै प्राङ्गणमा सञ्चालन हुने छ भने २१ दिन वार्षिक सामूहिक क्याम्पको लागि निर्धारण गरेको स्थानमा लगेर तालिम दिइने छ ।
१ सय दिनसम्म सञ्चालन हुने जुनियर डिभीजनको तालिममा शरीरिक तालिम अन्तर्गत शारीरिक ब्याम, मास पिटी, तेक्वान्दो पिटी सिकाइने नेपाली सेनाले जनाएको छ । त्यसैगरी ड्रिल अन्तर्गत खाली हात ड्रिल, खुकुरी ड्रिल र सेरोमोनियल ड्रिलको तालिम दिइने छ ।
सैनिक कला अन्तर्गत पिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, नक्सा अध्ययन र कम्पास जि.पि.एस सम्बन्धि तालिम लिइने छ । त्यसैगरी हाइकिङ्ग अन्तर्गत एरोबिक्स लगायत ब्यक्तित्व विकास र साँस्कृतिक आदानप्रदान गरिने जनाइएको छ ।
त्यसैगरी वर्षिक सामूहिक क्याम्प अन्तर्गत गेस्ट लेक्चर, विपद ब्यवस्थापन तथा उद्धार प्याकेज, सुरक्षा अंङ्गहरु सम्बन्धि जानकारी, ब्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचार, साँस्कृतिक कार्यक्रम साथै सैनिक कला, खेलकुद, प्राथमिक उपचार अभ्यासलगायतको विभिन्न अभ्यासहरु गराइने नन्दा बक्स गणका क्याप्टेन नवराज बस्नेतले उद्घाटन कार्यक्रममा जनकारी गराएका थिए ।
सो तालिम अन्तर्गत सामाजिक कार्य तथा चेतनामूलक निःशूल्क स्वास्थ्य शिविर र दीक्षान्त कवाजमा पनि सहभागि हुने क्याप्टेन बस्नेतले बताए । विद्यालयको पढाईलाई बाधा नपुग्ने गरि तालिम सञ्चालन गरिने पनि बस्नेतले बताएका छन् ।

त्यसैगरी गौरीशंकर माध्यमिक विद्यालय रामेछापमा पनि म्याडेट छात्र÷छात्राहरुको लागि जुनियर डिभीजन तालिम यही असार ७ गतेबाट सुरु भएको नन्दाबक्स गणले जनाएको छ । गौरीशंकर माध्यमिक विद्यालयबाट पनि छात्र र छात्रा गरि तालिममा ३६ जनाको सहभागिता रहेको बताइएको छ ।

प्रतिकृया

Add