एमाले अध्यक्ष ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै सत्ता पक्षद्धारा कारबाहीको माग

 मङ्लबार, असार १३, २०७४ | onlinenews

१३ असार २०७४ काठमाडौँ


एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेपछि सत्तारुढ दलका तर्फबाट प्रतिक्रिया आएको छ ।  काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी प्रवत्ता पम्फा भुसालले ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन प्रक्रिया अन्र्तगत मौन अवधीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसलाई गालीगलौज गरेको भन्दै निर्वाचन आयोगको  ध्यानकर्षण गराए छन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको सरकार र सद्दाम हुसेनको सरकारमा कुनै फरक नरहेको कडा टिप्पणी गरेर ओली आचारसंहिता उल्लंघन गरेको भन्दै सत्ता गठबन्धनले ओलीलाई कारबाहीको माग गरेको हो ।
कांग्रैस नेता पौडेलले एमाले अधिनायकवादको बाटोमा गएको भन्दै एमाले अध्यक्ष ओलीले पक्षपातपूर्ण ढंगले व्यवहार गर्दै आएको बताए । पौडेलले भने– ‘उहाँहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै आउनुभएको छ, यसरी चुनावको मुखमा मौन अवधिका बेला पत्रकार सम्मेलन गर्नु खेदजनक छ । आचारसंहिता उल्लंघन गरेकोमा उनलाई कारबाही गर्नुपर्छ ।’
पौडेलले भने, ‘सरकार बनेको कति दिन भयो ? के आधारमा उनले कांग्रेसको सरकारलाई सद्दाम हुसेनसँग तुलना गरे ?’ पौडेलले एमाले गैरजिम्मेवार मान्छेहरुको भीड भएको टिप्पणी गरे ।
माओवादी प्रवत्ता पम्फा भुसालले दोस्रो चरणको चुनावमा पहिलोमा भन्दा कम नजिता आउने अनुमान देखेपछि ओलीको यस्तो प्रतिक्रिया आएको बताइन् । उनले यो भनाईले सत्ताबाट बाहिरिँदाको छटपटाहट ओलीमा अझै कायम रहेको पनि बताइन् ।

प्रतिकृया

Add