रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान
शुक्रबार, साउन ११, २०८१
१५ असार २०७४ रामेछाप
नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय भवन निर्माणको लागि काँग्रेस समर्थक युवाहरुले आर्थिक संगलन गरि पार्टीलाई हस्तान्तरण गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपाली काँग्रेस समर्थक युवाहरुले नेपाली काँग्रेस रामेछपको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग गरहेका हुन् ।
बुधवार एक समारोहकाबीच अमेरिकास्थित नेपाली काँग्रेस भवन निर्माण समिति मार्पmत संकलित २ लाख ४७ हजार २ सय रुपैयाँको चेक पार्टी सभापति लवश्री न्यौपानेलाई पार्टी कार्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेसका पूर्ब महासमिति सदस्य विद्यासागर योञ्जनको संयोजकत्वमा गठित समितिका सदस्यहरुले पहिलो चरणमा संकलन गरेको २ लाख ४७ हजार २ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
नेपाली काँग्रेस रामेछापलाई हस्तान्तरण गरिएको सो रकम प्रयोगमा आएपछि थप रकम संकलन गरि पठाउने पनि अमेरिकास्थित आर्थिक संकलन समितिले जनाएको छ ।
चेक बुझ्दै सभापति न्यौपानेले आफ्नो कार्यकालमै पार्टीको भवन निर्माणले पूर्णता पाउने बताएका छन् । आगामी ५ महिनाभित्रै भबन निर्माण कार्य सुरु गरिने सभापति न्यौपानेले बताए ।