बन महोत्सवमा बृक्षा रोपण

 शुक्रबार, असार १६, २०७४ | onlinenews

१६ असार २०७४ रामेछाप


जिल्ला बन कार्यालय रामेछापको बन महोत्सव २०७४ को अवसरमा बृक्षा रोपण गरिएको छ । जिल्ला बन कार्यालय रामेछाप र नन्दा बक्स गणको संयुक्त आयोजनामा नन्दा बक्स गणको हाताभित्र बृक्षा रोपण गरिएको हो ।
आँप, धुपी, चिउरी, ओखर, निम, बकाइनो र चाँप गरि १ सय वटा विरुवा रोपिएको जिल्ला बन कार्यालय रामेछापले जनाएको छ ।
बृक्षा रोपण कार्यक्रममा जिल्ला बन कार्यालय रामेछापका प्रमुख रामविचारी ठाकुरले रामेछाप जिल्लाको विभिन्न ठाउँहरु सुख्खाग्रस्त क्षेत्र भएकाले बृक्षा रोपण गरि बन जंगल बढाउनु अपरिहार्य भइसकेको बताए ।
त्यस्तै नन्दा बक्स गणका गणपति प्रमुख सेनानी प्रमोदकुमार थापाले अहिले रोपिएका नयाँ पूराना विरुवाहरुलाई राम्रोसँग हुर्काई गण हाताभित्र विभिन्न जातका बोट विरुवा र फलपूmलको सदावहार हरियाली बगैँचा निर्माण गर्ने बताए ।
नाङ्गा डाँडापाखाहरुमा बृक्षा रोपण गरि जिल्लामा रहेका बनजंगलको संरक्षण साथै वातावरण जर्गेनामा जिल्ला बन कार्यालयलाई सहयोग गर्ने पनि प्रमुख सेनानी थापाले प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया

Add