देविको मन्दीरमा १ सय २१ किलोको घण्ट

 शुक्रबार, असार १६, २०७४ | onlinenews

  १६ असार २०७४ रामेछाप


 रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा रहेको बालकन्या देवी मन्दिरमा १ सय २१ किलोको घण्ट चढाइएको छ ।
बाबियाखर्क–काठमाडाँै समाजका उपाध्यक्ष राजनप्रसाद घिमिरे र उनका परिवारले बिहीबार बालकन्या देवी मन्दीरमा लाख बत्ति प्रज्वलन गरि घण्ट चढाएको हो ।
जिल्लाका अन्य ऐतिहासिक महत्वका मन्दीरहरु जस्तै यस मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व स्थापित गराउँदै आफ्ना मनोकांक्षा पूरा होस भन्ने उद्देश्यले १ सय २१ केजीको घण्ट मन्दिरमा चढाइएको राजनप्रसाद घिमिरेले बताए ।
सोही अवसरमा बाबियाखर्क–काठमाडाँै समाजले रामेछाप नगारपालिकाका प्रमुख नरबहादुर थापामगर, उपप्रमुख  सृजना खडका, वडा नं ८ का अध्यक्ष केदार कार्कीसहित वडाका निर्वाचित सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
त्यसैगरी गत वर्षको एसईई परीक्षामा उत्कृष्ट श्रेणिमा उत्तिर्ण भएका  छात्रछात्रा र ८० वर्ष नाघेका ज्येष्ठ नागरिक बहादुरसिं भुजेल र डम्बरकुमारी घिमिरेलाई पनि सम्मान गरेकोे छ ।
सम्मानीत हुनेहरुलाई सम्मान गर्दै जलश्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरेले समाजले सुरु गरेको कामले भाइचाराको सम्बन्ध विकास हुनुको साथै मेलमिलापको भावना अभिबृद्धि गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र नेपाली काग्रेसका पार्टी सभापति लबश्री न्यौपाने लगायतका बक्ताहरुले बालकन्या देबी मन्दीरको ऐतिहासिक महत्वको बारेमा ब्यापक प्रचारप्रसार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके सिङ्गो जिल्लाको विकासमा टेवा  पुग्ने बताए ।

प्रतिकृया

Add