फरार अभियुक्त १० वर्षपछि पक्राउ

 बिहिबार, साउन १२, २०७४ | onlinenews

१२ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको साविकको तिल्पुङ्ग गाविस–४ तथा हालको लिखु गाउँपालिका–७ का नरबहादुर बुढाथोकीको हत्यारा प्रमेश बुढाथोकी १० वर्षपछि पक्राउ परेका छन् ।
घरायसी विवादलाई लिएर २०६४ साल साउन ६ गते धारिलो हतियार प्रहार गरि नरबहादुरको हत्या गरेर प्रमेश फरार रहेका थिए ।
फरार रहेका प्रमेशलाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक कुमोध ढुङ्गेल नेतृत्वको टोलीले यही साउन १० गते पक्राउ गरेको थियो ।  मंगलबार काठमाडौं महानगरपालिका–२७ स्थित जमलबाट पक्राउ परेका उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
कर्तव्य ज्यान मुद्दाको फरार सूचिमा रहेका वुढाथोकि श्री भैरव सेक्युरिटी गार्ड प्रा.लि. थापाथली ललितपुर मार्फत सिनर्जी फाईनान्समा सेक्युरिडि गार्डका सुपरभाईजर पदमा कार्यरत थिए ।
मृतकका भिनाजु रामबहादुर श्रेष्ठको जाहेरीको आधारमा प्रहरीले हत्या गरि फरार रहेका बुढाथोकीलाई मंगलबार दिउँसो काठमाडौको असनवाट  पक्राउ गरेको हो । पक्राउ परेको बुढाथोकीमाथि वुधवार जिल्ला अदालत कार्यालयवाट म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमुध ढुंगेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रतिकृया

Add