मिडिया सञ्जाल रामेछापको संयोजकमा नयाँघरे

 आइतवार, साउन १५, २०७४ | onlinenews

१२ साउन २०७४


मिडिया सञ्जाल रामेछापको संयोजकमा बद्रि नयाँघरे चयन भएका छन् । मिडिया सञ्जाल रामेछापको बिहीबार बसेको बैठकले नयाँघरेलाई पाँचौ कार्यकालको लागि संयोजकमा चयन गरेको हो ।
रेडियो सञ्जाल हुँदै मिडिया सञ्जाल बनेको यस सञ्जालमा आवद्ध पत्रकारहरुले आलोपाले संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् । यस अघि हजुरको रेडियोका अध्यक्ष दिपक घिमिरे, रामेछाप नयन साप्ताहिकका प्रकाशक हिमाल ढुङ्गेल, रेडियो रामेछापका स्टेशन म्यानेजर सौजन्यप्रसाद सत्याल र रेडियो तिफदीका स्टेशन म्यानेजर सुमित श्रेष्ठ संयोजक भइसकेका छन् ।
६÷६ महिनामा संयोजक फेरिने संस्थाको नियमअनुसार आगामी ६ महिनाको लागि पत्रकार बद्रि नयाँघरे मिडिया सञ्चालको पाँचौ कार्यकालको लागि संयोजकमा चयन भएका हुन् ।
मिडिया सञ्जाल रामेछापमा जिल्लामा रहेका ६ वटा रेडियो र आधा दर्जन स्थानीय पत्रपत्रिकाहरुको आवद्धता रहेको छ । मिडिया सञ्जालले समसामयिक विषयबस्तुको उठान छलफल र बहस चलाउँदै आएको छ ।
समाजमा रहेको विकृति विसंगति, अनियमितता र भ्रष्टाचार विरुद्ध खबरदारी गरि समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने मिडिया सञ्चालको उद्देश्यल रहेको छ ।
सोहीअनुसार मिडिया सञ्जालले समाजमा देखापरेका समस्या, राजनीतिक, सामाजिक र साँस्कृतिक विकृति, विकास निर्माण लगायत विभिन्न क्षेत्रहरुका हुने अनियमिता, अराजकता र भ्रष्टाचारका इस्यूहरुमा सञ्जालमा आवद्ध मिडियाहरु मार्फत छलफल, बहस र खबरदारी गर्दै आएको छ ।

प्रतिकृया

Add