अब बसन्तपुरमा सुटिङ गर्दा

 सोमवार, साउन १६, २०७४ | onlinenews

 १६ साउन २०७४

काष्ठमण्डप ( विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको खबर आजको नागरिकमा छ ।

आजको नागरिकमा प्रकाशित खबर अनुसार काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन ०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो नागरिकले लेखेको छ ।

ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक भिडियो सुटिङका लागि पाँच हजार कर बुझाउनुपर्नेछ ।

प्रतिकृया

Add