सँगै मर्ने बाचा गरेका प्रेम जोडीद्धारा आत्माहत्याको प्रयास

 बिहिबार, साउन १९, २०७४ | onlinenews

१८ साउन २०७४ रामेछाप


सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका एक प्रेम जोडीले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधबार अपरान्ह सँगै विषादी सेवन गरि आत्महत्या गर्ने प्रयास गरेका छन् ।
मन्थलीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै एक खेतको कुनामा सँगै बसेर मेटासिट नामक विषदी सेवन गरेका ती जोडीले बाटोमा हिडिरहेका एक महिलालाई देखेपछि बोलाएर आपूmहरुले विष खाएको भन्दै प्रहरीलाई बोलाइदिन आग्रह गरेका थिए ।
भटौलीबाट मन्थली आउँदै गरेकी ती महिला दौडिएर जिल्ला प्रहरी कार्यालय पुगिन र प्रहरी कार्यालयको पर्खाल बाहिरैबाट प्रहरीलाई खबर दिएपछि प्रहरी टोलीले घटनास्थल पुगि उद्दार गरेका थिए ।
प्रहरीले उद्दार गरि अस्पताल पु¥याउँदा दुवै जना बेहोस अवस्थामा थिए । उपचारको लागि तत्काल प्रहरीकै भ्यानमा राखेर सदरमुकाममा मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल पु¥याइएको थियो ।
दुवैको अवस्था चिन्ताजनक रहेकाले प्राथमिक उपचारपछि थप उपचारको लागि एम्बुलेन्समा  काठमाडौं पठाइए पनि विरामीका आफन्तले वास्ता नगरेकाले उनीहरु ब्यवहारिसे भएको भन्दै सिन्धुलीको खुर्कोटबाट एम्बुलेन्स पुनः फर्काइएर फर्काइएको छ ।


को हुन् त सँगै आत्महत्याको प्रयास गर्ने प्रेमजोडी ?

सँगै विष सेवन गर्ने प्रेमी रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ३ का शुसिल परियार हुन् भने पे्रमिका मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँकी बबिता आरन हुन् ।
आरनको सोही वडाका स्थानीय भुपेन्द्र गिरीसँग पहिलो विवाह भएको थियो । उनीहरुबाट जन्मेका ५ वर्षको छोरी र २ वर्षको छोरा छन् । यता परियार पनि विवाहित हुन् ।
२ वटा बालबच्चा सहित परियारको जेठी श्रीमति काठमाडौंमा बस्छिन् । गाउँमै आधारभूत विद्यालयको शिक्षक समेत रहेकी आरन ६ महिना अघि आफूलाई छोडेर परियारसँग दोश्रो विवाह गरि गएको आरनको पहिलो श्रीमान् भुपेन्द्र गिरीले बताए ।

प्रतिकृया

Add