बाढिले अवरोध पु¥याएको खानेपानी, सडक र विद्युत एक हप्ताभित्र सुचारु गर्न गृहमन्त्रीको निर्देशन

 शनिबार, साउन २१, २०७४ | onlinenews

२१ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको लिखु गाउँपालिका ६ मा गत असार ३१ गतेराति छतौनी खोलामा आएको बाढीले अवरोध पु¥याएको खानेपानी, सडक र विद्युत एक हप्ताभित्र सूचारु गर्न गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
बाढिपहिरो निरीक्षण अवलोकनपछि स्थानीय जनप्रतिनिधि र प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री शर्मा बाढीपहिरो निरीक्षणको लागि शनिबार खिम्ती पुगेका थिए ।
बाढीले बगाएको सडक निर्माण कार्य सुरु भए पनि यो पर्याप्त नभएको भन्दै त्यसको लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् । खानेपान, विद्युत र सडक निर्माणमा अपुग हुने बजेटको बारेमा जानकारी गराउन आग्रह गर्दै अपुग बजेट सरकारले ब्यवस्था गर्ने पनि गृहमन्त्री शर्माले बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि खिम्तीको माथिल्लो बजारमा आयोजीत कार्यक्रमलाई संवोधन गर्दै गृहमन्त्री शर्माले बाढि पहिरोबाट विस्थापित भएकालाई जग्गा किन्न २ लाख र घर बनाउन तीन लाख गरि विस्थापित प्रतिपरिवारलाई ५ लाख रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने बताएका छन् ।
बाढीपीडितलाई उपलब्ध गराउने ५ लाख रुपैयाँ रकम केन्द्रीय विपद ब्यवस्थापन समितिबाट निर्णय भएर निकासीको लागि पत्राचार भइसकेको पनि गृहमन्त्री शर्माले जानकारी दिए ।
खिम्तीको बाढीपहिरोले पु¥याएको क्षति र अवस्थाको बारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मन्त्री शर्मालाई जानकारी गएका थिए ।
जिल्ला दैविक प्रकोप उद्धार समितिको तथ्यांकअनुसार खिम्ती बाढी पहिरोले २६ घर पूर्ण रुपमा क्षति पु¥याएको, सिंचाई कुलो क्षति ३५ वटा, खानेपानी योजना ३६ वटामा क्षति पु¥याएको छ भने दुई दर्जनभन्दा बढी चौपया तथा पशुपन्छी माएका छन् । त्यस्तै २ सय ५९ कृषक प्रभावित भएका छन् ।
त्यसैगरी ३२ दशमल ५ हेक्टर खेतियोग्य जमिन र त्यसमा लगाएको बाली समेत नष्ट भएको छ ।
यसैबीच गृहमन्त्री शर्माले बाढी पहिरोमा परि मृत्यु भएकाका परिवारलाई १ लाख रुपैयाँ र विस्थापितलाई प्रतिपरिवार १० हजार रुपैयाँ वितरण गरेका छन् । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर १ का अध्यक्ष नारायणदाश श्रेष्ठले बाढिपीडितलाई सहयोगार्थ ५० हजार रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तारण गरेको छन् ।
सोही अवसरमा खिम्तीका स्थानीय बाढीपीडित र नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाले गृहमन्त्रीलाई तत्काल समाधान गर्नुपर्ने समस्याहरु उल्लेख गर्दै माग पत्र बुझाएका छन् ।
छतौनी खोलामा आएको बाढीले २ को मृत्यु भएको थियो भने ३ जना अझै बेपत्त रहेका छन् । जोखिममा रहेको र स्थानान्तरण गर्नुर्ने घरको तत्काल पहिचान गरि बस्ती सार्ने ब्यस्था मिलाउन पनि गृहमन्त्री शर्माले स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री शर्माले छतौनी खोला, देविथान र खानीखोलाको पहिरोको स्थलगत अध्ययन गरेका थिए ।

प्रतिकृया

Add