२३ दिनदेखि अवरुद्ध सडक सुचारु

 सोमवार, साउन २३, २०७४ | onlinenews

२३ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको लिखु गाउँपालिका–६ मा २३ दिनदेखि अवरुद्ध सडक आइतबार साँझबाट सुचारु भएको छ ।
गत असार ३१ गते छतौनी खोलामा आएको बाढिले छतौनीमा रहेको पक्की पुल बगाउनुका साथै रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका जाने एक किलोमिटर सडक बगाएको थियो ।
बाढीले पुल र सडक बगाएपछि रामेछापको उत्तरी क्षेत्र र सदुमुकाम मन्थली हुँदै दोलखाको जिरी जाने यातायात समेत पूर्णरुपमा बन्द भएको थियो ।
सडक नहुदा त्यस भेगका स्थानीय खोला किनारको पहराबाट झुण्डिएर जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य भएका थिए । गोकुलगंगा गाउँपालिका १५ लाख र उमाकुण्ड गाउँपालिकाले १५ लाख रुपैयाँ गरि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर दुई वटा स्काभेटर लगाएर एक हप्तामा सडक निर्माण गरेको हो ।
सडक निर्माणमा सडक डिभिजीजन कार्यालय र अन्य सरोकारवाला निकायले समेत आपूmहरुलाई सहयोग नगरेको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।
सडक डिभीजन कार्यालयको इन्जिनियरले तत्काल सडक निर्माण गर्न सम्भव छैन भन्नुभयो तर हामीले एक हप्तामै बनाएर देखायौँ अध्यक्ष सुनुवारले भने ।
तत्काललाई सडक यातायात सञ्चालन गरे पनि अझै बर्खा नसकिएकाले ठूलो बाढी आयो भने फेरि बनाउने डर भने अझै रहेको पनि सुनुवारले बताए ।
आइतबार साँझबाट टाटासूमो तथा साना ढुवानीका साधन सञ्चालनमा आए पनि केही मोडहरु विस्तार गर्नुपर्ने भएकाले ठूला सवारी तथा ढुवानीका साधन सञ्चालनमा आउन भने अझै १÷२ दिने लाग्न सक्ने अध्यक्ष सुनुवारले बताए । मोड मिलाउन साथ ठूला यातायाता साधन सञ्चालन भइहाल्ने पनि उनले बताए ।

प्रतिकृया

Add